spot_img

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।
बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९ सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना.१२ प ४९७१ नम्बरको मोटरसाइकलमा सवार कालिकामाई गाउँपालिका–५ बस्ने ४३ वर्षीय दीपेन्द्र गिरी (चालक) र पोखरिया नगरपालिका–९ बस्ने ३७ वर्षीय शिवपूजन मुखिया (पछाडि) लाई हतियारसहित पक्राउ गरेको हो ।
गिरीको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । दुवैजनाविरूद्ध हातहतियारसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
यसैगरी, नक्कली नोटसहित बारागढी गाउँँपालिका वडा नम्बर २ दौरवा टोल बस्ने वर्ष ३४ को दिपेन्द्र माझी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय निजगढ बाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर ८ निजगढ स्थित हाटबजारमा नेपाली एक हजारको दुर्ई थान गरि २ हजार नक्कली नोट दिई सर समानहरू खरिद गरिरहेको अवस्थाबाट माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रहरी दधिराम न्यौपानेले जानकारी दिनु भयो ।
उनलाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसुर मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत कलैयाबाट दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्यौपानेले जानकारी दिनु भयो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर