spot_img

सुनको सिक्री नपाएपछि विवाह भाँडने बेहुलासहित पाँचजनाविरुद्ध प्रहरी कारबाइ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० फागुन । दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै भाँडेर मण्डपबाट हिँडेको आरोपमा पक्राउ परेका बेहुलासहितका पाँच जना विरूद्ध प्रहरीले विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर कारबाई प्रक्रिया अगाडि बढाएको छ ।
वीरगञ्ज महानगरपालिका – २४ रामगढवामा सोमवार राति बिहेको मण्डपमा वैवाहिक समारोह चलिरहेकै बेला बेहुलाले सुनको सिक्री मागेको विषयमा बेहुली पक्षसँग विवाद हुँदा कुटपिटसमेत भई बिहे नै भाँडिएको थियो । त्यसमा सङ्लन बेहुला, उनका बुबा, दुर्ई दाजु र भिनाजु गरी पाँच जनालाई प्रहरीले बेहुलीकरुै घरबाट सोमवार मध्यरातमा नियन्त्रणमा लिएको थियो ।
मङ्गलवार साँझ बेहुली पक्षले दिएको जाहेरीका आधारमा बेहुला बाराको कलैया – ४ का २८ वर्षीय उमेश साह, उनका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, दाजुहरू ४२ वर्षीय राकेश कुमार साह, ४० वर्षीय मुकेश कुमार साह र भिनाजु बाराकै परवानीपुर – ५ का ४५ वर्षीय को रामएकवाल साहविरूद्ध विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
उनीहरू विरूद्ध मङ्गलवार नै पर्सा जिल्ला अदालतबाट दुर्ई दिनको म्याद थप अनुमति लिई कारबाई प्रक्रिया अगाडि बढाइएको थापाले बताए ।
बिहे भाँडेको आरोपमा पक्राउ परेका बेहुला उमेश वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् भने बेहुली रमिता साह वीरगञ्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।
वीरगञ्ज – २४ रामगढवास्थित बेहुलीको घरमा बनाइएको बिहेको जग्गेमा सामाजिक परम्परा अनुसार वैवाहिक विधि चलिरहेका बेला बेहुला उमेशले दाइजोमा सुनको सिक्री नपाएको भन्दै निहुँ खोजेपछि विवाद भई बेहुला र बेहुली पक्षबिच कुटाकुटसमेत भएको थियो । त्यसपछि बेहुला उमेश बिहे नगर्ने भन्दै जग्गेबाट उठेर हिँडेका थिए । लगत्तै बेहुली पक्षले खबर गरेपछि विवाह स्थलमा पुगेको प्रहरीले बेहुला उमेशसहित उनका पक्षका पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर