spot_img

मोटरसाइकल र स्कुटी चोरी गर्दागर्दै दुईजना वीरगंजबाट पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० चैत । प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुर्ई जना चोरलाई रङ्गेहात पक्राउ गरेको छ ।
वीरगंज–४ बिर्ताका २६ वर्षीय विजय गोसाई र वडा नम्बर २६ अठराहा सुगौलीका २५ वर्षीय सरफराज अंसारीलाई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोलीले सोमवार बेलुकी चोरीको मोटरसाइकल र स्कुटीसहित पक्राउ गरेको हो ।
गत शुक्रवार वीरगंज–१० आदर्शनगरस्थित पूजन होटल अगाडि पार्किङ गरि राखिएको बीआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइलक चोरी भएको थियो । होटलकै रिसेप्सनमा कार्यरत कर्मचारीको उक्त मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रममा प्रहरीले उक्त मोटरसाइलक चलाउँदै गरेको अवस्थामा गोसाईलाई सोमवार बेलुकी प्रहरीले नियन्त्रणमा लिएका थिए ।
पक्राउ परेका गोसाईले उक्त मोटरसाइकल अंसारीले दिएको बयान दिएपछि सोमवार बेलुकी नै प्रहरीले अंसारीलाई नियन्त्रणमा लिएको बताइएको छ। अन्सारीको साथबाटपनि चोरीकै ना १६ प २५२६ नम्बरको स्कुटी बरामद भएको बताइएको छ । दुवैलाई चोरीको मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाईका लागि मंगलवार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर