spot_img

अव्यवस्थित नारायणी अस्पतालमा गरीबले सहज पाउदैनन उपचार

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस मौसमको कारण भाइरल ज्वरो, मुटुलगायतका रोगीहरु बढेका छन् ।
नारायणी अस्पताल वीरगंजको ओपिडीमा बिहान आठ बजेदेखि नै टिकट काट्ने बिरामीहरुको घुइचो लाग्ने गरेको छ । नारायणी अस्पतालको ओपिडीमा स्वास्थ्य बीमा र स्वास्थ्य बीमा नगराएकाहरुको छुट्टै लाइन लाग्ने गरेको र निकै भीड हुने गरेको छ ।
नारायणी अस्पतालमा गरीबहरुले सहजै उपचार पाउन सक्दैनन् । अस्पतालमा बिरामीहरुले सहजै बेड पाउँदैनन् । बेड पाउनको लागि चिकित्सकको अगाडि बिरामीहरुले हात जोडिरहेका छन् । अस्पतालको बरन्डामा बिरामीहरु लम्पसार परेकाछन् । चिकित्सकहरुलाई कुनै मतलब छैन । डाक्टरहरुले पनि बिरामीहरुसँग राम्रो व्यवहार गर्दैनन् । झर्केर कुरा गर्ने, बिरामीको गुनासो नसुन्ने, बिरामीले भनेको कुरालाई बंग्याएर भन्ने, ज्येष्ठ नागरिकसंग अभद्र व्यवहार गर्ने गरेका छन् । समयमा चिकित्सक आउने गरेका छैनन् । बिरामीको अत्यधिक चाप हुने गरेको कारण नारायणी अस्पताल रेफर अस्पतालकै रुपमा परिचित भएको छ । नारायणी अस्पतालका फार्मेसीमा पनि स्वास्थ्य बीमामार्फत उपलब्ध हुने औषधिमध्ये दुईचार वटा औषधि पाइदैन । प्रायः गरेर मधुमेहको औषधि पाइने गर्दैन ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर