spot_img

जर्गाले लाखौंको सुनचाँदी गहना गढीमाईलाई दान गरे

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ कात्तिक । बाराका बरियापुरस्थित विश्वप्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा बाराको अमलेखगञ्ज निवासी जर्गा होटलका सञ्चालक विजय जर्गा मगरले लाखौं मूल्य पर्ने ५ थान सुन र १ थान चाँदीको गहना दान गरेका छन् ।
दीपावलीको अवसरमा गढीमाई देवीलाई दुवै कानमा सुनको वाला, घाँटीमा लगाउने हार, सुनको टिकुली, नाकमा सुनको ठोप र पाउँमा चाँदीको पायल दान गरेको मगरले बताउनुभयो ।
माताको कृपाले व्यापार, व्यवसाय फस्टाएको र आफ्नो भाखल पुरा भएको माताको चरणमा सुन र चाँदीका गहना दान दिएको बताए ।
सुन र चाँदी दान दिने विजय जर्गा मगरलाई मन्दिरका मुल पुजारी मंगल चौधरी थारू लगायतकाले सम्मान गर्नुका साथै धन्यवाद प्रकट गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर