spot_img

एसिया कपका लागि क्रिकेटर रन्जित चयन

पढ्न छुटाउनुभयो ?

वीरगंज,९ मंसिर । युएईमा यहि मंसिर १४ गतेदेखि शुरू हुन गइरहेको यू–१९ एसिया कप क्रिकेटका लागि क्यानले आइतवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यिय राष्ट्रिय टिम घोषणा गरेको छ । जसमा वीरगंज महानगरपालिका वडा नम्बर १२ निवासी रन्जित कुमार पनि पर्न सफल भएका हुन् ।
वीरगंज नेशनल इनफोटेक (एनआई) कलेजमा अध्ययनरत बाँया हाते बलर रन्जित कुमार नेपालको ए टिमबाट अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाइसकेका छन् ।
सामान्य परिवारका रन्जित कुमारलाई एनआई कलेजले पूर्ण छात्रवृतिमा अध्ययन गराइरहेको छ । पर्सा क्रिकेट संघका प्रशिक्षक प्रकाश शर्माबाट प्रशिक्षित रन्जित कुमार वीरगंजको प्रतिनिधित्व गर्दै मधेस प्रदेशको टिमबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।
मंसिर १४ गतेदेखि युएईमा आयोजना हुन गइरहेको यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ । उक्त समुहमा श्रीलंका, बंगलादेश र अफगानीस्तानपनि छन् । नेपालले आफनो पहिलो खेल मंसिर १४ मा श्रीलंकासंग खेल्नेछ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर