spot_img

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा ल्याएको हो । रास्वपा पर्साका नेता–कार्यकर्ताहरुले नाराबाजी गरिरंदा उनलाई प्रहरी कार्यालयमा ल्याइएको थियो । सानो पाइला बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा आवश्यक अनुसन्धानका लागि पर्साबाट पनि पक्राउ पूर्जी जारी भएपछि उनलाई यहाँ ल्याइएको हो । उनलाई पर्सा प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिनेछ । सभापति लामिछानेमाथि सरकारी बकिल कार्यालयले आजैदेखि बयान लिने तयारी गरेको पर्सा प्रहरीले जानकारी दिएको छ । यसअघि राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मेडिकल चेकजाँच गरिएको थियो । उनको जिल्ला प्रहरी कार्यालय पर्सामा मेडिकल चेकजाँच गरिएको हो । वीरगंजको नारायणी अस्पतालबाट आएको स्वस्थ्यकर्मीहरूको टोलीले सभापति लामिछानेको स्वस्थ्य जाँच गरेको हो । टोलीले परिक्षण गर्दा उनको ‘ब्लड प्रेसर’ बढेको जनाइएको छ । उनको प्रेसर बढेर १६०–११० पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीमाथि बयान लिने तयारी गरिरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर