spot_img

ग्याँस ट्याङ्करबाट ठूलो परिमाणमा गाँजा बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ मंसिर/ नेपालबाट गएको दुर्ई र झारखण्ड कोडर्माबाट आएका दुर्ईवटा ग्याँस ट्यांकरबाट भारतको रक्सौल सिमानामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । भन्सार आयुक्त, पटनाको निर्देशनमा सञ्चालित विशेष तस्करी विरूद्धको अभियान अन्तर्गत सूचनाको आधारमा नेपालबाट भारत आउँदै गरेको एलपीजी ट्यांकरबाट ठूलो परिमाणमा गाँजा बरामद भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीले उक्त गाँजा नेरू.१ करोड ६८ लाख ३५ हजार मूल्य बराबर रहेको बताएको छ । प्रहरीले भारत कोडर्मा निवासी सञ्जय पासवान, बहादुर यादवलाई पक्राउ गरेको जनाएको छ । रक्सौलमा भर्खरै आएका एसपी स्वर्ण सिंहले तस्करी नियन्त्रण गर्न तदारुकता देखाएपछि रक्सौलबाट ब्राउनसुगरसहित चारजना नेपालीलाई पनि पक्राउ गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

जिप्रका, पर्साद्वारा दीपावली र छठमा पटाका नपडकाउन अनुरोध

वीरगंज, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार सूचना जारी गर्दै दिपावली, छठ पर्वको उपलक्ष्यमा घरघरमा पटका नपड्काउन,...

सम्बन्धित खबर