spot_img

इन्डो नेपाल– तेक्वान्दोमा वीरगंजका दुई खेलाडीले जिते स्वर्णपदक

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ माघ । फस्ट इन्डो–नेपाल तेक्वान्दो ओपन च्याम्पियनशीप–२०२५ मा बिपिएस प्लस २ का दुर्ई विद्यार्थीले स्वर्णपदक जितेका छन् । कक्षा ११ मा अध्यनरत सुजित कुमार यादव र रोहन पटेलले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक हात पारेका हुन् । खेल सकेर फर्किएका विद्यार्थीहरूलाई कलेजले आज एक कार्यक्रमको आयोजना गरी खाँदा, टीका र पुरस्कार प्रदान गरी सम्मान गरेको छ । कोशी प्रदेशको ताइक्वान्दो संघले झापाको काँकडभित्ता टाउनहलमा आयोजना गरेको दुईदिने प्रतियोगितामा ५५ किलो तौलका यादव र ७४ किलो तौलका पटेल प्रथम हुँदै स्वर्ण जितेको कलेजका एचआर निर्देशक सन्दीप कुशवाहाले जानकारी गराए । कलेजका शैक्षिक निर्देशक दीपक पटेलले बाटो जति कठिन हुन्छ, सफलता पनि त्यति नै उच्च हुने बताउँदै बिद्यार्थीहरूमा रहेको प्रतिभा समयमै पहिचान भयो भने भविष्यमा अगाडि बढ्न सजिलो हुने जिकिर गरे । उनले बिद्यार्थीलाई सम्मानित गर्दै यस कलेजमा अध्यनरत बिद्यार्थीले पदक जित्दै कलेजलाई गौरवान्वित बनाएको बताए । नेपाल र भारतका २२ क्लबबाट ६ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा वीरगंजले ५ स्वर्ण, ४ सिल्भर र ११ कास्य पदक जितेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर