spot_img

वीरगंजका होटल र मसाज केन्द्रलाइ मर्यादित बनाउन पहल शुरू

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ फागुन । होटल तथा मसाज केन्द्रहरूलाई ब्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय र होटल तथा पर्यटन व्यवसायी संघ, पर्साले संयुक्त रूपमा पहल शुरू गरेका छन् । आज स्थानीय क्लासिक ब्यान्क्वेटमा उक्त अभियानको पहिलो चरणमा वीरगंजका प्रायः सम्पूर्ण होटल एवं स्पाका प्रोप्राइटर र प्रबन्धकहरूको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यवसायी संघ पर्साको संयुक्त आयोजनामा ‘मर्यादित होटल ब्यवसाय सञ्चालनमा ब्यवसायी र प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले होटल ब्यवसायी र प्रहरीको सहकार्य यस क्षेत्रको तमाम समस्या समाधानमा कोशेढुङ्गा साबित हुने बताए । उनले २१औं शताब्दीको प्रहरीले अनावश्यक रूपमा होटलको चोठा– कोठा चहारेर आफ्नो महत्वपूर्ण समय बर्बाद नगर्न समेत सुझाए । कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रले कुनै पनि होटलमा होटल ब्यवसायीहरूको प्रत्यक्ष संलग्नतामा गलत क्रियाकलाप र यौनजन्य गतिविधि नगर्न र त्यसो गरिएको भेटिएमा कारबाइको लागि तयार रहन चेतावनी समेत दिए । उनले आफू पर्सा आएपछि वीरगंजका ४ जना होटल ब्यवसायीहरूलाइ मानव बेचबिखनको मुद्दा चलाएको समेत बताएका थिए । ७० भन्दा बढी होटल ब्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रमको ओपन फ्लोअरमा अधिकांस होटल ब्यवसायीहरूले आ आफ्नो समस्याहरू राख्ने क्रममा व्यवसायीहरूमाथी कतै–कतै अन्याय समेत भएको बताएका थिए । होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा रचेन्द्र सिंह थापाले स्वागत तथा दिलिप राज कार्कीले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक र सामुदायिक प्रहरीका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर