spot_img

दुई किलो अफिमसहित दुईजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ फागुन ।
बारा प्रहरीले २ किलो ४१ ग्राम लागू औषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ ।
सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगज जाँदै गरेको बा. प्रदेश ०३–००३ प ३१२६ नम्बरको पल्सर मोटरसाइकलको सिटमुनीबाट २ किलो ०४१ ग्राम अफिमको चारवटा प्याकेट बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
प्रहरीले चालक मकवानपुर जिल्ला राक्सिराङ गा.पा.वडा नं. १ बस्ने वर्ष २७ को सुनिल मोक्तान र मोटरसाइकलको पछाडि बस्ने भीमफेदी गा.पा. वडा नं. ३ बस्ने वर्ष २० को हर्क रूम्बालाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाएको जिप्रका, बाराले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ...

सम्बन्धित खबर