spot_img

मलाई प्रधानमन्त्रि बन्नु छैन, प्रचण्ड

पढ्न छुटाउनुभयो ?

दिपक वीरगज,८ चैत/देशमा अस्तिरथा बढदै गईरहेको छ, यसलाई रोक्न संचारकर्मीहरुले ठुलो भुमि खेल्नु पर्ने आवश्क्ता रहेको पुर्व प्रधानमन्त्रि एवम माओवादीका अध्यक्ष पुष्पकमल दहाल ( प्रचण्ड)ले बताएका छन ।
वीरगजमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार समेल्लनमा बोल्दै बर्तमान सरकारको कारण देशमा अस्र्तिथा बढदै गई रहेको बताए । राजनिती अन्यौलता बढदै गईरहेको छ,यसमा संचारगतले आफनो भुमिका निर्वाह गरेन्न भन्ने गणतन्त्र खतरामा पर्न सक्ने पुर्व प्रधानमन्त्रि प्रचण्डको भनाई थियो । पत्रकार समेल्लनमा संचारकर्मीहरुले सोधेका प्रश्नहरुको जवाफमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले प्रधानमन्त्रीको रेसमा आफू नरहेको २०८४ सम्म जनताहरुको बिच रहने बताए ।
तराई मधेस जागरण अभियानको क्रममा वीरगज पुगेका अध्यक्ष प्रचण्डले सरकारमा हुँदा एउटा र सरकार बाहिर हुँदा अर्र्को भन्ने आरोप माओवादी उस्तै उस्तै रहेको छ । आफनो सरकारले भष्ट्रचारीहरुलाई तह लागाउन खोज्दा एकदिनमा सरकार परिर्वतन भएको बताए । गिरीबन्धु,वाईडबडी,ओमनीमा भएको भ्रष्टाचारको छन बिन गर्न हाम्रो सरकारले सक्रियता देखाएपछि आतिरले नहुने मिलन काग्रेस एमालेको भयो सरकार ढल्यो उनको भनाई थियो ।
बर्तमान सरकारले अनियमियताको ढका छोप गर्नमा व्यस्त रहेको राम्रा मान्छे कुलमान घिसिगलाई हटाएर भष्ट्रचारीहरुको हाथमा बिधुत दिन्ने लागेको प्रचणको भनाई थियो । समग्र देशमा देखिएको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा सुशासनको विषयमा पनि जनताको साथ आवश्यक भएकोले जागरण अभियानमा जनतसँग साथ खोज्दै वीरगज पुगेको बताए । आफु सरकारमा हुदा मिटरव्याजीको हकमा कानुन बनाएको शिक्षा ऐन संसोधन गराउन प्रयास गरेको उनको भनाई थिया । जनताकै साथ आवश्यक रहेकोले पार्र्टीले हुलाकी सडक केन्द्रीत तराई मधेस जागरण अभियान शुरु गरेको र तत्काल मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान पनि सुरु गर्ने बताए ।
पानीटंकी स्थित डायमण्ड पार्र्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा नागरिक समाजका तर्फबाट विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नागरिकका समस्या, र सुझावहरु राखेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय पदाधिकारी, मधेस प्रदेशका केन्द्रीय सदस्यहरु, जिल्ला इचार्ज तथा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता तथा सचारकर्मीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर