spot_img

वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम

पढ्न छुटाउनुभयो ?

वीरगंज १० चैत्र । वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन् । संघको आज सम्पन्न पदाधिकारी निर्वाचनमा सर्वसम्मत रुपमा गौतम अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिबजी प्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुंगटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सह–कोषाध्यक्षमा निरज अग्रवाल, सहसचिवमा नरेश टिवडेवाल निर्विरोध निर्वाचित भएका छन भने अर्का सहसचिवमा अनुप अग्रवाल निर्वाचनबाट निर्वाचित हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष गौतमले आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपले निर्वाचित गराउने सम्पूर्ण पदाधिकारी तथा कार्यसमितीलाई धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा यसैगरी हातेमालोे गरि अगाडी बढने प्रतिब्धता ब्यक्त गर्नु भयो । संघको विद्यान बमोजिम १२ जना पदाधिकारी रहने व्यवस्था थियो । निवर्तमान अध्यक्ष स्वतः पदाधिकारीमा आउने पनि विद्यानमा व्यवस्था छ । त्यस्तै तृतीय उपाध्यक्ष अर्थात रोजगारदाता समितिको संयोजकको मनोनयन नयाँ कार्यसमितिको पहिलो बैठकले गर्ने व्यवस्था भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर