spot_img

गाँजा र अफिमसहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध गाँजा १३ किलो र ७१.८० ग्राम अफिमसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
चैत ११ गते जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.६ भौराटारबाट प्रहरीले वर्ष ३३ को अमेरिका प्रसाद साह गोढलाई गाँजा र अफिमसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
उनको एक तल्ले पक्की घरको दक्षिण कोठामा सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको १३ के.जी. गाँजा र दुर्ई वटा कचौरामा रहेको ७१.८० ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गोढलाई लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर