spot_img

टिपर र कार ठोक्किँदा बारामा दुई जनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

बारा, ०५ वैशाख । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा टिपर र कार ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।
निजगढबाट पथलैया जाँदै गरेको प्र२–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको बा. ०१–०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्ई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया बस्ने वर्ष ४६ को नारायण हरी शर्मा र अर्का एक जना कार चालक रहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपर चालक फरार रहेको र खोजी कार्य भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर