दिपक कुशवाहा ,५पुष/ जिरभावानी गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी भएको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै यसले स्थानीय सरकारको स्वायत्तता र सुशासनमाथि प्रश्न उठाएको जनाएको बताएका छन ।
गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले का अनुसार आर्थिक वर्षको असार मसान्तसम्म सरुवा नगर्न आग्रह गर्दै आफू स्वयं तीन पटकसम्म समान्य प्रशासन मान्त्रलयमा पुगेको अध्यक्ष चौधरीले बिज्ञपतिमा उलेख गरेका छन ।
तर स्थानीय सरकारको स्वायत्तता र सुशासनलाई वेवास्ता गरि आर्थीक प्रभावमा परि मन्त्रालयले २०८२/०८/२९ गते निर्णय गर्दै कलिकामाई गाउँपालिका, पर्सामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीलाई जिरभावानी गाउँपालिकामा सरुवा गरेको हो । गाउँपालिकासँग कुनै प्रकारको सहमति नगरी उक्त सरुवा गरिएको भन्दै गाउँपालिकाले आपत्ति जनाएको छ । अध्यक्षले जारी गरेको प्रेश बिज्ञपतिमा जिरभावानी गाउँपालिकाको स्थापना काल देखि करिब आठ वर्षको अवधिमा अधिकृत गिर्री पटक–पटक गरी पाँच पटकसम्म सरुवा भई काम गरि सकेकोे उल्लेख गर्दै यसले सुशासनको मर्ममाथि गम्भीर प्रश्न खडा उलेख गरेका छन ।
अनुचित प्रभावमा परेको मान्त्रलयमाथी आशंका उत्पन्न भएको उनको भनाइ छ ।
जिराभवानी गाउँपालिकाले स्पष्ट रूपमा उक्त अधिकृतलाई कुनै पनि अवस्थामा कार्यालयमा हाजिर गराउन नसकिने जनाउँदै निर्णय सच्च्याई अन्य कुनै योग्य प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्न मन्त्रालयसँग माग गरेको गरेका छन । माग सम्बोधन नभए त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी मन्त्रालय स्वयंले लिनुपर्ने चेतावनीसमेत गाउँपालिकाले दिएको छ । हाल अधिकृत गिरी तथा गापा अध्यक्ष काठमाडौमा पुगी आआफना शक्ति केन्द्र धाई रहेको बुझिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्





