spot_img

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ भदौ । हेटौंडाको सञ्चो अस्पतालका २ जना डाक्टरलाई कुटपिट गर्नेलाई कानुनी दायरामा नल्याइएको विरोधमा आज मधेस प्रदेशसहित देशरभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।
नेपाल चिकित्सक संघको आहवानमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको हो ।
चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ–आज (भदौ ३१ गते) देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिनेछ ।
सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीलाई यही भदौ २७ गते अस्पतालभित्रै पसेर बिरामीका आफन्तहरूले कुटपिट गरेको थियो। यही कुटपिटको विरोधमा संघले स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेक सेवा ठप्प पारेको हो ।
संघले विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो ।
केन्द्रीय संघबाट आहवान भएका कारणले मधेश प्रदेशको सबै जिल्लामा रहेका सरकारी तथा प्राइभेट अस्पतालको आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको नेपाल चिकित्सक संघको केन्द्रीय उपाध्यक्ष नीरज सिंह बतए । ‘यति गर्दा पनि संघको माग पूरा नभए,संघले फेरि थप आन्दोलनको घोषणा गर्नेछ,’उनले भने ।
मधेश प्रदेशका जनकपुर, वीरगंज, राजविराज, कलैया, गौर,सिराहा, मलंगवासहित सबै जिल्लाका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर