spot_img

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ असोज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा वडा नम्बर ५ मसिहानी निवासी ४० वर्षीया कान्ति देवी मुखिया बिनको घरमा घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीका अनुसार मंगलवार साँझ ५ बजेको समयमा घाँटी रेटिएको अवस्थामा बिनको शव उनकै घरमा भेटिएको हो । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको भेटिएको केसीले बताए।
बिनका दुर्ई जना छोरा र तिन छोरी छन् । यद्यपि छोरीहरूको विवाह भइसकेको छ भने कामको सिलसिलामा एक जना छोरा विदेश र अर्का छोरा हेटौँडा बस्दै आएका छन् । घरमा बिन एक्लै बस्दै आएको केसीले जानकारी दिए ।
मृतक बिनलाई मंगलवार दिउँसो वरिपरि नदेखेपछि उनलाई खोज्दै घर पुगेकी छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी टोली पुगेको थियो ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शव पोस्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको केसीले बताए ।
प्रहरीले घटनास्थलमा बिनको टाउकोमा प्रहार गर्न प्रयोग भएको हुनसक्ने एउटा बाँसको भाटा पनि बरामद गरेको छ । शÍाको आधारमा केही व्यक्तिमाथि प्रहरीले निगरानी पनि बढाएको केसीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर