spot_img

एकैदिन ४ वटा मोटरसाइकल चोरी गरेको आरोपमा गोसाइ पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ कार्तिक । वीरगंज महानगरमा एकै दिनमा चार वटा मोटरसाइकल चोरी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।
वीरगंजको विभिन्न स्थानबाट चारवटा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ३२ वर्षीय अजय गोसाईंलाई बिहीवार पक्राउ गरेको हो । गोसाईंले एक दिनमा चार वटा मोटरसाइकल चोरी गरेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
वीरगंजमा दसैंमा लागेको रात्रि बजार घुम्न आएकाहरूको मोटरसाइकल गोसाईंको समूहले चोरी गरेको बोगटीले बताए । उनका अनुसार गोसाईंको समूहले ती मोटरसाइकलहरू चोरी गरेर नारायणी अस्पतालको पार्किङमा लुकाएर राखेको थियो । ‘गोसाईंको समूहले एउटा मोटरसाइकल चोरी गर्ने, त्यसलाई लगेर नारायणी अस्पतालको पार्किङमा लुकाउने अनि फेरी आएर अर्काे चोरी गर्ने गरेको थियो,’ बोगटीले भने ।
प्रहरीले चोरी भएको प्रदेश – ०२ – ०२३ – ०२२ प ९२७२, ना. २६ प ५८५३, ना ६४ ३८०६ र ना. ५४ प ४७२४ मोटरसाइकल समेत बरामद गरेको छ ।
गोसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको र उनको समूहका अन्य सदस्यहरूको खोजी कार्य भइरहेको बोगटीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर