spot_img

जीतपुरसिमराका वडाध्यक्ष कार्की पाँच लाख घूससहित पक्राउ

पढ्न छुटाउनुभयो ?

बारा, २ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई सोमवार पाँच लाख नगद रकमसहित जीतपुरस्थित जैसवाल मिष्ठान्न भण्डारबाट पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाका प्रवक्ता गोविन्दप्रसाद गौतमले सेवाग्राहीसंग रकम लिएको आरोपमा कार्कीलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । सिफारिस गर्नका लागि भन्दै सेवाग्राहीसंग रकम लिएको भन्ने आरोप छ’ गौतमले भने थप कुरा अनुसन्धानबाट खुल्नेछ । हामी अनुसन्धानको प्रक्रियामा छौं ।
वडाध्यक्ष कार्कीलाई सिमराका राजन उप्रेतीले उक्त रकम दिएका थिए । उप्रेतीले आफूसंग घरबाटो सिफारिसका लागि रकम माग गरेपछि अख्तियारको सहयोग लिएको बताएका छन् ।
वडाध्यक्ष कार्कीले भने आफूलाई नियोजितरूपमा फसाएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर