spot_img

पैदल अयोध्या यात्रामा निस्किएका युवाहरूलाई बिदाई

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ पुस । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको उद्घाटनमा सरिक भई दर्शन र पूजापाठका लागि वीरगंजका युवाहरूको एक समूह १० दिने पैदल अयोध्या यात्रामा निस्किएको छ । राष्ट्रिय बजरंग दल पर्साका ११ जना युवाहरूको टोली बिहीवार बिहान वीरगंजबाट पैदल अयोध्या यात्रामा निस्किएको हो।
भगवान रामको जन्मभूमि अयोध्यामा नवनिर्मित राममन्दिरमा जनवरी २२ तारिक अर्थात माघ ८ गते भगवान रामको मूर्ति प्राणप्रतिष्ठासंगै समुद्घाटन समारोह हुदैंछ।
यहि समारोहमा सरिक हुन र पूजापाठ गर्नका लागि वीरगंजबाट बजरंग दलका युवाहरू बिहीवार बिहान १० दिनको पैदल अयोध्या यात्रामा निस्किएका हुन् ।वीरगंजबाट अयोध्याको दूरी ३५० किलोमिटर छ। वीरगंजबाट अयोध्याका लागि प्रस्थान गरेको बजरंग दलका युवाहरूलाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले माईस्थानस्थित गहवामाई मन्दिर परिसरमम फूलको माला र खादा लगाएर विदाई गरे।
वीरगंजबाट भगवान् रामका लागि धातुको धनुष–वाण लगायतका कोसेली लिएर हिडेको टोली भारतको बिहार र उत्तर प्रदेशका विभिन्न शहरको परुदल यात्रा गर्दै १० दिनमा राम जन्मभूमि अयोध्यामा पुग्ने लक्ष्य रहेको पैदल यात्रामा सहभागी वीरगंज –१० का युवा मुन्ना साह कानुले बताए ।अयोध्यामा पुगेर नवनिर्मित राममन्दिरको समुद्घाटन समारोहमा सरिक भई पूजापाठपनि गर्ने उनले बताए।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर