spot_img

सानो पाइला सहकारीविरुद्ध बचतकर्ताद्वारा प्रदर्शन

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ पुस । एक अर्बभन्दा बढी बचतकर्ताको रकम लिएर फरार भएको सानो पाइला बचत तथा ऋण सहकारी संस्था विरुद्ध शुक्रवार बचतकर्ताहरुले प्रदर्शन गरेका छन् ।
टिबडेवाला धर्मशालामा भेला भएका बचतकर्ताहरूले विरोध जुलुश निकालेर सानो पाइलाका सञ्चालक जीबी राईलाई पक्राउ गरी कारबाई गर, बचतकर्ताको रकम फिर्ता गरलगायत नारा लगाएर घण्टाघरमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा सानोपाइला सहकारी पीडित संघर्ष समितिका संयोजक सुशील अग्रवालले सहकारीका मुख्य सञ्चालक जीबी राईलगायतलाई पक्राउ गर्नुपर्ने माग गरे ।
बिहीवार वीरगंज–१० आदर्शनगरस्थित सहकारीको शाखा कार्यालयमा वीरगंज महानगरपालिकाले शिल गरेको थियो । महानगरपालिकाले उक्त सहकारीलाई पाँच महिना पहिला अर्थात गत भदौ ४ मा नै समस्याग्रस्त सहकारी घोषणा गरेर त्यसका सञ्चालकहरूलाइ पक्राउ गर्न नेपाल प्रहरी लगायत निकायमा पत्रचार गरेको थियो ।
सहकारीका वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, पूर्वसचिव तस्बिरन मियाँँ, कोषाध्यक्ष कुमार रम्तेललगायत १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर अहिलेसम्म कोहिपनि पक्राउ भने परेका छैनन् ।
वीरगंजका करिब ८ सय साना तथा ठूला व्यापारिक घरानाको करिब १ सय ३५ करोड रुपियाँँ बचत रहेको संघर्ष समितिका संयोजक अग्रवालले बताए । सहकारीविरुद्ध ११५ भन्दा बढी लिखित उजुरी परेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामापनि ५२ वटा उजुरी परेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
ती सबै उजुरीमा गरि उक्त सहकारीले १ अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको पीडित बचतकर्ताहरूले उल्लेख गरिएको वीरगंज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रबर्धन शाखा प्रमुख सुनिल कर्णले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर