spot_img

नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज- नक्कली नोटसहित प्रहरीले बाराबाट एक जनालाई पक्राउ गरेको छ ।
नक्कली नोटसहित बारा, महागढीमाई नगरपालिका- ९ कञ्चनपुर बस्ने वर्ष ३५ को राम विनय सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका- ४ स्थित हरिहरपुरबाट सिम्रौनगढतर्फ आउदै गरेको बि आर ०५ जे २१८१ नम्बरको मोटर साइकललाई चेकजाँच गर्दा सहनीलाई पक्राउ गरिएको हो ।
उनको साथबाट भारतीय पाँच सयको सक्कली नोट ३ वटा, भारतीय नोट पाँच सयको साईजमा राखिएको सादा कागज २८६ वटा र नेपाली एक हजारका ८ वटा नक्कली नोटहरु वरामद गरीएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
सहनीलाई खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी अदालत बाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको न्यौपानेले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर