spot_img

बसमा यात्रीलाई बेहोस गरेर लुट्ने भारतीय पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ फागुन । बसभित्र यात्रीलाई नशालु पदार्थ खुवाई रकम चोरी गरेको आरोपमा एकजना भारतीयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
फागुन २३ गते २ः०० बजे बारा, आदर्श कोतवाल गाँउपालिका वडा नं. ८ बस्ने उपेन्द्र मुखिया नारायणघाटबाट वीरगंज आउने क्रममा उनलाई भारत बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं. २ बस्ने वर्ष २७ को अखिलेश कुमार साहले मिठाई र बिस्कुट खुवाई बेहोस पारेर नगद रू. ४१ हजार ५००।– र मोबाईल थान –१ चोरी गरी वीरगंज बसपार्कबाट फरार भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
यसबारेमा मुखियाले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खोजतलासको क्रममा वीरगंज–१६ भानुचोक बाट अखिलेशलाई पक्राउ गरी उनको खानतलासी गर्दा नगद ३७ हजार ४१०।– र चोरी भएको मोबाईल भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले साह लाई पर्सा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा सात दिने म्याद लिई अनुसन्धान गरिरहेको जिप्रका पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर