spot_img

आठ किलो गाँजासहित दुईजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्साले करीब आठ किलो गाँजासहित दुईजना पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–९ घण्टाघर तरकारी बजार नजिकै रहेको टेम्पु स्टेशनबाट सोमवार एकजना वृद्ध गाँजासहित पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट घण्टाघरले सखुवाप्रसौनी गाउँँपालिका–८ जमुनिया बस्ने वर्ष ५५ को ध्रुव ठाकुरलाई तीन किलो ५०० ग्राम गाँजासहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । यसैगरी सोमवार वीरगंज महानगरपालिका–२५ चण्डालचोक स्थित सडकखण्डबाट सशस्त्र प्रहरी वल नेपाल बिओपी ड्राइपोर्ट र प्रहरी चौकी सिर्सियाले एक किलो ८ सय ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
विश्रामपुरबाट वीरगंज आउँदै गरेको ना.१३ प ६५९५ नम्बरको मोटरसाईकलमा सवार वीरगंज–१६ फुलवारी टोल बस्ने वर्ष ४५ को ईसलाम मियाँको साथबाट १ के.जी.८०० ग्राम गाँजा बरामद भएको जिप्रका, पर्साले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
यसैगरी फागुन २३ गते वीरगञ्ज–१६ स्थित रहेको कवाड गोदाममा इलाका प्रहरी कार्यालय नगवाले ५ के.जी.८०० ग्राम गाँजा बरामद गरेको छ ।
कबाड गोदाम संचालक भारत विहार पूर्वी चम्पारण ग्राम बस्तीपुर सिमरा रामगढवा बस्ने वर्ष ३० को अरविन्द कुमार गुप्ता फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

धर्मले हामिलाइ फरक पार्दैन

वीरगंज ९ चैत्र ।इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको उपलक्ष्यमा वीरगंजका एक हिन्दू युवाले सामूहिक इफ्तारीको आयोजना गरेका छन् ।...

सम्बन्धित खबर