spot_img

सशस्त्र प्रहरीद्वारा साढे ११ लाखको सामान भन्सार चलान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ असार । सशस्त्र प्रहरी बल पर्साले ई–लोडरसहित ११ लाख ६६ हजार ६९० मूल्य बराबरको सामानहरू भन्सार दाखिला गरेको जनाएको छ । असार १४ गते सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म बीरगंजबाट खटीएको टोलीले वी.म.न.पा.–१६ ईनर्वा स्थित सीमा नाकाबाट बोरामा प्याक गरी अवैध रूपमा नेपालबाट भारत निकासी गरी लादै गरेको अवस्थामा ५ लाख ८ हजार मूल्य बरावरको तामाको माने र उक्त कार्यमा प्रयोग भएको ई–लोडर सहित नियन्त्रणमा लिई कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी रक्सौलबाट वीरगंज आउदै गरेको मोटरसाइकलको बिभिन्न भागमा अबैध रूपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा रू. ४,६७,०००।– बरावरको मोवाईल पार्टस र उक्त कार्यमा प्रयोग भएको मोटरसाइकल नियन्त्रणमा लिई असार १५ गते आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । त्यस्तै बिन्दवासिनी गा.पा–४ झौवा चोकबाट भारतबाट अबैध रूपमा भन्सार छलि नेपाल ल्याउँदै गरेको १ लाख ९१,६९० बराबरको मोटरसाइकल किराना सामान नियन्त्रणमा लिई कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर