spot_img

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–२ बस्ने २६ वर्षीय अनिल कुमार वर्णवाल, वीरगंज महानगरपालिका–३ आदर्शटोल बस्ने २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ बस्ने ४४ वर्षीय दिपक कुमार सोनार रहेका छन् । प्रहरीले अनिल कुमार वर्णवाललाई वीरगंज महानगरपालिका–१० मकालु चोकबाट ९ लाख ४७ हजार रुपियाँँसहित पक्राउ गरेको छ भने बिनित कुमार श्रीवास्तवलाई वीरगंज महानगरपालिका–८ कृषि विकास बैंक लिंकरोडबाट १५ लाख ८१ हजार रुपियाँँसहित नियन्त्रणमा लिइएको छ। त्यस्तै बाराका दिपक कुमार सोनारलाई वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ना.१६ प २३२८ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला ३ लाख रुपियाँँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुबाट कुल २८ लाख २८ हजार रुपियाँ स्रोत नखुलेको रकम बरामद गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम (हुण्डी सम्बन्धी कारोवार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर