spot_img

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

पढ्न छुटाउनुभयो ?

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको छ।
सन् १९५८ मा राष्ट्रसङघको आग्रहमा पहिलो पटक द्वन्दग्रस्त मुलुक लेबनानमा पाँच जना सैनिक पर्यवेक्षक टोली खटाएको थियो । संयुक्त राष्ट्रसङघमाको आहवानमा विश्व शान्ति स्थापनार्थ फौज खटाउने देशहरूमा नेपाल पहिलो स्थानमा उक्लिएको छ ।
सन् २०२३ नोभेम्बरमा पहिलो स्थानमा नेपाल उक्लिएको हो । नेपालबाट हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित ६५४७ जना फौज विभिन्न मिसनहरूमा परिचालित भइरहेका छन् ।
त्यस्तै दोस्रो स्थानमा रहेको बंगलादेशबाट खटिने फौजको संख्या ६१९७ जना रहेका छन् । नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घबाट माग भई आएको खण्डमा १० हजार जना शान्ति सैनिक परिचालन गर्ने प्रतिबद्धता गरेको छ ।
नेपालले हालसम्म ६५ वर्षमा विभिन्न ४४ वटा मिसनहरूमा एक लाख ४६,८९० जना सैनिक खटाइसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर