spot_img

नेशनल मेडिकल कलेजका एमडीलाई विना सर्त रिहाईको माग गर्दै जिल्ला प्रहरी अगाडि प्रदर्शन

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज, २७ चैत/ दिपक कुशवाहा
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक(एमडी) शहनवाज अन्सारी र ल्याब प्रमुख सन्जय साहलाई रिहा गर्न माग गर्दै मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीले प्रदर्शन गरेका छन् ।

प्रहरीले पक्राउ गरेका अन्सारीको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबारराति नै उनलाई वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको छ । प्रहरीले पुर्वाग्रही भएर एमडी अन्सारी र ल्याब प्रमुख साहलाई पक्राउ गरेको भन्दै मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीहरुले मंगलबार दिउँसो प्रदर्शन गरेका हुन् । हातमा झाडु र पोष्टर लिएर जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि पुगेका करिब १ सय ५० जनाको संख्यामा रहेका उनिहरुले प्रहरीविरुद्ध नाराबाजीसमेत  गरेका छन् । एमडी अन्सारी र ल्याब प्रमुख साहलाई विना सर्त रिहा गर्नु पर्ने उनिहरुको माग छ ।

यसैबिच मंगलबार नै मेडिकल कलेज प्रशासनले एक प्रेस विज्ञप्ति जारी गर्दै एमडी अन्सारी र ल्याब प्रमुख साहलाई प्रहरीले पूर्वाग्राही भएर नियन्त्रणमा लिनु अन्यायपूर्ण र अनुचित रहेकाले तत्काल दुवैजनालाई रिहा गर्न माग गरेको छ ।

सोमबार दिउँसो वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको प्रयोगशालामा छापा मारेर म्याद गुज्रिएका झण्डै ४० प्रकारका केमिकल लगायतका औषधि फेला परेपछि प्रहरी उपरीक्षक कुमोध ढुंगेल नेतृत्वको प्रहरी टोलीले एमडी अन्सारी र ल्याब प्रमुख साहलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगञ्जमा रास्वपाले खोज्यो  ” आर्थिक मन्दिको अर्थ राजनीतिक निकास “

बीरगञ्ज २१ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी आर्थिक मन्दिको अर्थ राजनीतिक निकास खोज्न मुलुककै आर्थिक राजधानी बिरगंज आइपुगेको छ ।...

सम्बन्धित खबर