spot_img

धोबिनीमा आगलागी हुँदा चार घर जलेर नष्ट, लाखौंको क्षति

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज, २७ चैत/ दिपक कुशवाहा
पर्साको धोबिनी गाउँपालिका , ३ गुलरियामा गए राति आगलागी भएको प्रहरीले जनएको छ ।  आगलागीमा परी स्थानीय गुलरिया निवासी राजेन्द्र पटेल, फरिन्द्र पटेल, हनिफ मियाँ धोवी, मनिफ मियाँ धोबी, रबिन्द्र पटेलको घरपूर्ण रूपले जलेर नष्ट भएको हो । आगालागिमा  गरगहना, लत्ताकपडा, फर्निचर, अन्नपात, साइकल, भाँडाकुँडा, बाख्रालगायत चौपाया र नगदसहित ५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शम्भु विक्रम शाहले बताए । गए राति १२ बजे विद्युत् सर्ट सर्किट भएर लागेको आगो आज बिहान २ बजे नेपाल प्रहरी, स्थानीयवासी र पोखरिया नगरपालिकाको वारुण यन्त्रको सहयोगमा २ घण्टापछि आगो नियन्त्रण भएको  इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर शाहले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर