spot_img

मधेशको राजधानी जनकपुरको सडकमा दिनदहाडै हत्या

पढ्न छुटाउनुभयो ?

जनकपुर धाम, २६ चैत/
धनुषाको जनकपुरमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित विश्वकर्मा चोकमा आज दिउँसो छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको हो ।

जनकपुर प्रहरीका अनुसार प्रीन्सकुमार महासेठको छुरा प्रहारबाट मृत्यु भएको हो । महोत्तरी जिल्ला डाडा गाउँपालिका निवासी महासेठको छातीको बाँया भागमा छुरा प्रहार गरिएको पाइएको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जनाए । घाइते भएका महासेठको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ  ।

प्रहरी प्रवक्ता अवाका अनुसार घटनाबारे प्रहरीलाई सूचना आउनसाथ प्रहरीले आफ्नो सक्रियता बढाउँदै संलग्न २ जनालाई पक्राउ गरेको छ । तर अहिले उनीहरुमाथि अनुसन्धान चलिरहेकोले नाम भने गोप्य राखिएको प्रहरी प्रवक्ता अवा बताउँछन् । पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएका केही सामग्रीसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ  ।

हत्यामा संलग्न रहेकाहरु लागु औषधको सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको प्रहरी प्रवक्ता अवाले बताए । सडकमा आपसी विवाद हुँदा छुरा प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट थाहा भएको छ । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि  बढाइएको धनुषा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर