spot_img

मधेशको राजधानी जनकपुरको सडकमा दिनदहाडै हत्या

पढ्न छुटाउनुभयो ?

जनकपुर धाम, २६ चैत/
धनुषाको जनकपुरमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित विश्वकर्मा चोकमा आज दिउँसो छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको हो ।

जनकपुर प्रहरीका अनुसार प्रीन्सकुमार महासेठको छुरा प्रहारबाट मृत्यु भएको हो । महोत्तरी जिल्ला डाडा गाउँपालिका निवासी महासेठको छातीको बाँया भागमा छुरा प्रहार गरिएको पाइएको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जनाए । घाइते भएका महासेठको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ  ।

प्रहरी प्रवक्ता अवाका अनुसार घटनाबारे प्रहरीलाई सूचना आउनसाथ प्रहरीले आफ्नो सक्रियता बढाउँदै संलग्न २ जनालाई पक्राउ गरेको छ । तर अहिले उनीहरुमाथि अनुसन्धान चलिरहेकोले नाम भने गोप्य राखिएको प्रहरी प्रवक्ता अवा बताउँछन् । पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएका केही सामग्रीसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ  ।

हत्यामा संलग्न रहेकाहरु लागु औषधको सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको प्रहरी प्रवक्ता अवाले बताए । सडकमा आपसी विवाद हुँदा छुरा प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट थाहा भएको छ । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि  बढाइएको धनुषा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

धर्मले हामिलाइ फरक पार्दैन

वीरगंज ९ चैत्र ।इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको उपलक्ष्यमा वीरगंजका एक हिन्दू युवाले सामूहिक इफ्तारीको आयोजना गरेका छन् ।...

सम्बन्धित खबर