spot_img

ऐन कानुनको बर्खिलाप गर्दै स्क्रेपका चार र दुई पाग्रे सवारी साधन अन्यत्र भण्डारण गर्दै

पढ्न छुटाउनुभयो ?

गौर, २६ चैत/

स्क्रेपमा लिलामी सकार गरेका सवारीसाधनलाई “पार्ट वाई पार्ट” छुट्याएर लग्नुपर्नेमा लिलामी सकारकर्ताले भन्सार कार्यालय प्रमुखको सेटिंगमा त्यसो नगरेको पाइएका छन् ।

बषौं देखि गौर भन्सार कार्यालयमा थन्किदै कवाडी बनेका मोटरसाइकल र चार पाँग्रेस सवारी साधनको बोलपत्र आह्वान भएपछि स्क्रेपमा सकार गरेका सवारी साधनलाई ट्रक र पिकअपमा लोड गरेर गौरकै रामजानकी धर्मशाला पछाडी राखेर भन्सार ऐन कानुनको बर्खिलाप हुने कार्य भईरहदा समेत सम्बध निकाय किन मौन बसेको होला ? स्थानीयहरुले प्रश्न गरेका हुन् ।

गौर भन्सार कार्यालयल चैत ५ गते लिलाम गरेका ७० वटा चार पाग्रे र ११३८ थान दुई पाग्रे मोटरसाइकल ठेक्केदारले स्क्रेपमा सवारीसाधन सकार गरेका थिए ।

स्क्रेपमा सकार गरेका फर्म वा ठेक्केदारले भन्सार कार्यालय भित्र काटेर उक्त सवारी साधनलाई टुक्रा टुक्रा बनाएर लग्नुपर्ने तर भन्सार कार्यालय प्रमुखको सेटिंगमा त्यसो नभई त्यहाँबाट अन्यत्र भन्डारण गरेर पुनः उक्त सवारी साधन भारत पुर्याउने सकारकर्ताको दाउ रहेको श्रोतले गम्भीर आरोप लगाए ।

भन्सार कार्यालय प्रमुख सहितका अन्य कर्मचारीकै मिलोमतोमा ठेकेदारले आ– आफ्नो मान्छे खटाई बिचौलियाको सहारामा उक्त स्क्रेप भएका सवारीसाधन अन्तय ठाउँमा निर्वाध रुपमा स्टोर गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा पक्राउ गरी बर्षौं देखि भन्सार कार्यालयमा दाखिला गरेका सवारीसाधनलाई लिलाम गरेका थिए ।

गौर भन्सारले आह्वान गरेको बोलपत्र अनुसार ७० थान चारपाग्रे सवारीसाधनको मुल्यांकन मूल्य ३१ लाख ९७ हजार ४ सय २५ तोकिएको तथा स्क्रेपकै ११३८ पिस मोटरसाइकल मुल्यांकन मूल्य ३९ लाख ५८ हजार ३ सय २५ तोकिएको थियो ।

न्यु विश्वास ट्रेडर्स जनकपुरधामले सबैभन्दा बढी बोलपत्र चारपाङ्गे ८७ लाख ८७ हजार ८ सय ७७ रुपैयाँ र मोटरसाइकल १ करोड २१ लाख मूल्य राखेर शिलबन्दी बोलपत्र समिट गराएर ठेक्का सकार गरेको बताइन्छ ।

बर्षौं देखि गौर भन्सारमा पक्राउ परि राखिएका लिलामका सवारीसाधन अहिले ठेकेदार र गौर भन्सारका प्रमुख अम्रेन्द्र सिंहको सेटिङ्गमा स्क्रेपमा लिलाम भएको सवारीसाधनको इन्जिन नंबर र चेचिस नकाटि सिधै पिकपमा लोड गरेर अन्तय ठाउँमा ठेकेदारले स्टोर गरिरहने कार्य भईरहेका पाइएका छन् ।

सो स्क्रेपका सवारीसाधन सडकमा चलाउन गौर भन्सारले अनुमानि पत्र नबनाएता पनि ठेकेदारले उक्त सवारीसाधन गौर भन्सार कार्यालयबाट स्क्रेप नै नगरेर सिधै पिकपमा लोर्ड गरी अन्यत्र ठाउँमा स्टोर गर्ने गरेका छन् ।

स्टोर गरिएको ठाउँबाट सकारकर्ताले सवारीधनीको पुरानो कागज ल्याई स्क्रेपमा लिलाम गरिएको सवारीसाधनबाट ईन्जिन नंबर र चेचिस नंबर मिलाई आ–आफ्नो सवारीसाधन चर्को पैसा तिरी लगिरहेका छन् ।

उक्त स्क्रेप भएका सवारीसाधन सडकमा चलाउन गैरकानुनी रहेता पनि गौर भन्सार प्रमुख र ठेकेदारलाई अहिले चाँदी काटिरहेको आरोप श्रोले लगाएको छ ।

यस बिषयमा गौर भन्सार प्रमुख सिंह संग सोधपुछ गर्दा स्क्रेपमा लिलाम गरिएका सवारीसाधन १५ दिन भित्र ईन्जिन र चेचिस नंबर ग्यास बेल्डिङ्गले काटी मात्र लग्नुपर्ने हो ।

स्मरणीय छ की, भन्सार प्रमुख सिंहले भने अनुसारको नभई सिधै मालबाहक सवारीसाधनमा लोड गरेर जनकपुरको फर्मले गौरमै भण्डारण गरी गैरकानुनी रुपमा सडकमा उतार्न षड्यन्त्रणमा रहेको उक्त कार्यलाई गौर भन्सार कार्यालयको प्रमुखले सघाइरहेका छन््किनभने इंजन र च्याचिस नम्वर नकाटी कसरी लान सक्छ ति श्रोतले भने ।

त्यतीमात्रै नभई सीमापारीको डिटिओ औफिसबाट कागजात हराएको भन्दै नयाँ अनर बुक निकालेर सीमापारी तर्फ लक्ष्मिपुर बेलविछवा भएर पठाउने दाउमा सकारकर्ता पक्ष रहेको गम्भीर आरोप लगाए ।

गौर भन्सार कार्यालयमा स्क्रेप लिलाम सकार गर्ने न्यु विश्वास ट्रेडर्स जनकपुरधामले सवारीसाधनको इंजन र च्याचिस काटेर लैजानुपर्ने भन्सार कार्यालयको सेटिंगमा गौर नगरपालिका वडा नम्वर १ स्थित रामजानकी धर्मशालाको पछाडी तर्फ भण्डार गर्दै नियमकानुनको बर्खिलाप काम गरिरहदा पनि सम्बध निकाय मकुदर्शक बने ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगञ्जमा रास्वपाले खोज्यो  ” आर्थिक मन्दिको अर्थ राजनीतिक निकास “

बीरगञ्ज २१ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी आर्थिक मन्दिको अर्थ राजनीतिक निकास खोज्न मुलुककै आर्थिक राजधानी बिरगंज आइपुगेको छ ।...

सम्बन्धित खबर