spot_img

प्रेस सेन्टर नेपाल, पर्साले दुइ पत्रकारिता पुरस्कार वितरण गर्ने

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० जेठ । प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । सेन्टरको जिल्ला समितिको बैठकले स्व।पत्रकार कृष्णसेन समृति दिवसको अवसरमा जेठ १२ गते कृय्णसेन स्मृति सम्मान र प्रेस सेन्टर पर्सा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कार वितरणका लागि मापदण्ड बनाउन केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटेको संयोजकत्वमा केन्द्रीय सदस्य जगत राई र जिल्ला अध्यक्ष दीपक गौतम सदस्य रहनेगरी समिति बनाएको छ । समितिले मादण्ड बनाएर पुरस्कार छनोट समितिलाई बुझाई सकेको संयोजक पिठाकोटेले जानकारी दिनुभयो ।
त्यसैगरी पुरस्कार छनोटका लागि केन्द्रीय प्रतिनिधि सन्तोष पौडेलको संयोजकत्वमा सचिव शिवनाथ यादव र सदस्य अजित भुजेल रहेको छनोट समिति बनाएको छ । समितिले आज सम्ममा व्यक्ति छनोट गरेर पुरस्कारका लागि सिफारिस गर्ने छ । पुरस्कारको राशी २१-२१ हजारको रहने छ । पुरस्कार जेठ १२ गते वितरण गरिने जिल्ला सचिव शिवनाथ यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर