spot_img

नशामा मात्तिएर छिमेकीको चक्कु प्रहार गरी हत्या

पढ्न छुटाउनुभयो ?

पर्सा ११ जेठ/ मादक पदार्थ सेवन गरेर मातिएका व्यक्तिले एकजनालाई चक्कु प्रहार गर्दा निजको मृत्यु भएको छ।
सखुवाप्रसौनी गाउँपालिका वडा नं ४ ओझैया प्रसौनी बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई मादक पदार्थ सेवन गरी मातिएका उनका छिमेकी सुवास हजरा दुसादले चक्कु प्रहार गर्दा ललाईको मृत्यु भएको हो। शुक्रवार बेलुका ६ बजे भएको घटनामा गम्भीर घाइते भएका ललाईलाई उपचारको लागि नारायणी अस्पताल, वीरगंज लैजाँदै गर्दा बाटोमैं मृत्यु भएको प्रहरीले जनाएको छ।
सो घटनापछि विवाद हुँदा इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापा नेतृत्वको प्रहरी टोलीले अवस्था सामान्य बनाइ चक्कु प्रहार गर्ने सुवासलाई पक्राउ गरी इप्रका, पटेर्वासुगौलीको हिरासतमा राखेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

हेरोइनसहित मुस्तुफा पक्राउ

वीरगंज, १ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । बुधवार वीरगंज...

सम्बन्धित खबर