spot_img

१२ लाख ३३ हजारको अवैध सामान नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ साउन । जिल्ला प्रहरी कार्यालय, बाराले १२ लाख ३३ हजार बराबरको प्याज र मोबाइलको डिस्पले सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगंजले आइतवार जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंजमा वीरगंजबाट नारायणघढ जादै गरेको बा ३ ख ४९८६ नम्बरको यात्रीबाहक बसमा लोड गरिएको सात लाख ३३ हजार ५०० मूल्य बराबरको बिभिन्न किसिमका मोबाइलको डिस्पले ४८९ पिस नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरी चौकी पथलैयाले आज बिहान जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १ पथलैया चोकमा रौतहटबाट कास्की जादै गरेको प्र.२–०३–००१ ख ०९५६ नम्बरको ट्रकमा लोड रहेको एक हजार किलो प्याज (करीब पाँच लाख मूल्य बराबर) नियन्त्रणमा लिएको छ ।
बरामद सामान र ट्रक कारबाइको लागि आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर