spot_img

वीरगंजवासीलाई जेब्रा क्रसिङबाट बाटो काट्न सिकाउदै सामुदायिक सेवा केन्द्र मुर्ली

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ साउन । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरले बटुवाहरुलाई जेब्रा क्रसिंगबाट बाटो काट्न प्रशिक्षण दिन थालेको छ ।
केन्द्रका पदाधिकारीहरुले आज बिहान वीरगंज महानगरपालिका–११ मुर्लीचोकमा रहेको जेब्रा क्रसिङबाट सर्वसाधारणलाई बाटो काट्न प्रशिक्षण दिएका हुन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साका पदाधिकारीहरुले पैदल यात्री, साइकल चालकहरू समेतलाई जेब्रा क्रसिङबाट बाटो काट्दा दायाँ बायाँ हेरेर मात्र बाटो काट्न सम्झाई बुझाई प्रशिक्षण दिएका छन् । वीरगंजका सर्वसाधारणहरुले जथाभावी बाटो काट्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने गरेका छन् जसले गर्दा सडक दुर्घटनामा पनि वृद्धि भएको छ ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव कुलनारायण (दिलीप) प्रधान, उपाध्यक्ष्F जयलाल साह, प्रहरी हवल्दार सुभाषप्रसाद यादव, प्रहरी जवान अवरेन राय, राजुप्रसाद चौरसिया, निर्मल ताम्राकार, मधु सिंह राजपूतलगायतले सर्वसाधारण बटुवा, साइकल चालकलगायतलाई प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

कसरी जन्मियो आधुनिक गणतन्त्र ?

राजतन्त्रदेखि गणतन्त्रसम्मको हाम्रो वैश्विक यात्रा कुनै एउटा काल्पनिक कथा होइन, घाम झुल्किएर एकाएक उज्यालो भएको सुन्दर बिहान जस्तो पनि...

सम्बन्धित खबर