spot_img

सामुदायिक सेवा केन्द्र श्रीपुरद्वारा सचेतनामूलक कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ साउन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साले बुधवार ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं.११ मुर्ली चौकमा पैदल यात्री, साईकल चालकहरूलाई जेब्रा क्रसिङ गर्दा दायाँ बायाँ हेरेर मात्र बाटो क्रस गर्न, ट्राफिक संकेत, ट्राफिक लाईटको बिषयमा सम्झाई बुझाई सचेत गरिएको थियो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष जयलाल साह, सचिव कुलनारायण प्रधान, मधु सिहं राजपुत, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्र.ज. राजु चौरसिया, प्र.ज. अबरेन रायलगायतले सर्वसाधारण बटुवाहरुलाई सचेत गराएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर