spot_img

प्रतियोगिता खेल्दै गरेका गोलकिपरको मृत्यु

पढ्न छुटाउनुभयो ?

बारा, २२ असोज । जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया खेल मैदानमा भेट्रान फूटबल प्रतियोगिताको फाइनल खेल खेल्दै गरेका गोलकिपरको अचानक मृत्यु भएको छ । महागढीमाई ५ का ४२ वर्षीय अरूणकुमार चौधरीको मृत्यु भएको वडाध्यक्ष्F दीपेन्द्र चौधरीले जानकारी गराए ।
थारू ११ र वीरगंज सिटी भेट्रान क्लबबीच भएको फाइनल खेलका क्रममा अचेत भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको जीतपुरसिमरा ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिए । अचानक अचेत भएका चौधरीलाई सिमरास्थित अल्पाइन अस्पताल हुँदै वीरगंज लगिएको थियो ।
थारू ११ टिमबाट खेलेका चौधरी खेलको अन्तिम समयमा मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा अर्का गोलरक्षक भित्र पठाइएको थियो । मैदानबाट बाहिरिएको केही समयपछि टाइब्रेकरमा चलिरहेका बेला चौधरी अचानक ढलेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर