spot_img

प्रतियोगिता खेल्दै गरेका गोलकिपरको मृत्यु

पढ्न छुटाउनुभयो ?

बारा, २२ असोज । जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया खेल मैदानमा भेट्रान फूटबल प्रतियोगिताको फाइनल खेल खेल्दै गरेका गोलकिपरको अचानक मृत्यु भएको छ । महागढीमाई ५ का ४२ वर्षीय अरूणकुमार चौधरीको मृत्यु भएको वडाध्यक्ष्F दीपेन्द्र चौधरीले जानकारी गराए ।
थारू ११ र वीरगंज सिटी भेट्रान क्लबबीच भएको फाइनल खेलका क्रममा अचेत भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको जीतपुरसिमरा ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिए । अचानक अचेत भएका चौधरीलाई सिमरास्थित अल्पाइन अस्पताल हुँदै वीरगंज लगिएको थियो ।
थारू ११ टिमबाट खेलेका चौधरी खेलको अन्तिम समयमा मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा अर्का गोलरक्षक भित्र पठाइएको थियो । मैदानबाट बाहिरिएको केही समयपछि टाइब्रेकरमा चलिरहेका बेला चौधरी अचानक ढलेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

सशस्त्र प्रहरीद्वारा सात लाख बराबरको कपडा बरामद

वीरगंज, ४ जेठ । सशस्त्र प्रहरी बल नेपाल, पर्साले वीरगंज महानगरपालिका–१, छपकैयास्थित तीनवटा घरमा छापामारी सात लाख रुपियाँ बराबरको...

सम्बन्धित खबर