spot_img

ट्याङ्करमा ३९२ किलो गाँजासहित दुईजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ असोज । मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थको ट्यांकरबाट ३९२ किलो गाँजा बरामद गरेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्यांकर र गाँजासहित दुर्ई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।
विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्पm जाँदै गरेको ना ७ ख १७७१ को ट्याकंर जाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्यांकरचालक २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो।
ट्यांकरको ५ वटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी गराए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर