spot_img

स्यालको आक्रमणबाट १३ जना घाइते

पढ्न छुटाउनुभयो ?

बरहथवा (सर्लाही), १४ कात्तिक : सर्लाहीमा स्यालको आक्रमणबाट यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् ।
मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका तीन तथा बलरा नगरपालिकाका एक जना घाइते भएका छन् ।
स्यालको आक्रमणबाट बसवरिया गाँउपालिका–१ का १० वर्षीय रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया सिवादेवी साह, ४० वर्षीय सहिद दर्जी, ४० वर्षीय मदैनिया दर्जी र ६ वर्षीय राजु मुखिया, बसवरिया–३ का १५ वर्षीय दीपेन्द्र माझी, बसवरिया–४ का १५ वर्षीया करुणा साह र ६० वर्षीय बद्री मुखिया, गोडैता नगरपालिका–१० का ४० वर्षीया इन्दूदेवी बैठा, ४० वर्षीया प्रेमादेवी मण्डल, सोही ठाउँका ४१ वर्षीय विपद पासवान तथा बलरा नगरपालिका–४ का ६० वर्षीया सोमरी देवी घाइते भएका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
घाइतेमध्ये इन्दूदेवी र प्रेमादेवीलाई थप उपचाररका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । अन्य घाइतेलाई उपचारका लागि बसबरिया गाउँपालिकाको एम्बुलेन्समा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा पठाइएको छ । घाइते केही भने स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएर घर फर्किएका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

गोवामा नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३ जनाको मृत्यु

२१ मंसिर, काठमाडौं । भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको...

सम्बन्धित खबर