spot_img

२५ लाख मूल्य बराबरको चाँदीको गहनासहित दुईजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय, बाराले २५ लाख मूल्य बराबरको १४ किलो चाँदीका गहनासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ ।
शुक्रवार बिहान ८ः०० बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि. त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–२१ अमलेखगंजमा पथलैया बाट हेटौडा जाँदै गरेको ना ५२ प २५८४ र ना ५५ प ३९३२ नं. को मोटरसाइकल चेकजाँच गर्दा चाँदीका गहना बरामद भएको जिप्रका बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी गराएका छन् ।
प्रहरीले प्रसौनी गाँउपालिका वडा नं. ६ प्रस्टोका बस्ने वर्ष ३३ को सन्तोष साह सोनार र जीतपुर सिमरा उ.म.न.पा. वडा नं.८ गमरगावाटोल बस्ने वर्ष २७ को सुरेश महतोलाई पक्राउ गरेको जनाएको छ ।
दुवैजनाले मोटरसाइकलको टयांकीभित्र फल्स बटम बनाई चाँदीका गहना लगिरहेको अवस्थामा बरामद गरिएको प्रवक्ता प्रनाउ सापकोटाले बताए ।
सोनारको मोटरसाइकलबाट रू. १६ लाख १० हजार ३२५ मूल्य बराबरको ९ किलो चाँदीको गहना र महतोको मोटरसाइकलबाट आठ लाख ९४ हजार ६२५ मूल्य बराबरको ५ किलो चाँदीको गहना बरामद भएको प्रवक्ता सापकोटाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

धर्मले हामिलाइ फरक पार्दैन

वीरगंज ९ चैत्र ।इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको उपलक्ष्यमा वीरगंजका एक हिन्दू युवाले सामूहिक इफ्तारीको आयोजना गरेका छन् ।...

सम्बन्धित खबर