spot_img

विद्यार्थीहरुलाई औद्योगिक गतिविधिबारे स्थलगत भ्रमण

पढ्न छुटाउनुभयो ?

अल्पाइन मावि कक्षा १२ विज्ञान संकायका विद्यार्थीहरुलाई औद्योगिक भ्रमण वीरगंज, ५ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय वीरगंजमा कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले बुधवार बारा–पर्साको विभिन्न उद्योगहरुको स्थलगत भ्रमण गरी जानकारी लिएका छन् ।
बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका दुर्गा पल्प प्रालि, नेपाल शालिमार सिमेन्ट प्रालि र मारुती फर्मा प्रालिलगायत उद्योगहरुको भ्रमण गरी औद्योगिक जानकारी हासिल गरेको अल्पाइन माविका निर्देशक विनोद उपाध्यायले जानकारी गराउनुभएको छ ।
उनले अल्पाइन माविको कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुलाई औद्योगिक गतिविधिबारे स्थलगत भ्रमण गराउनुको उद्देश्य प्रत्यक्षरुपमा उनीहरुले औद्योगिक वातावरण अनुभूति गर्न सकोस् भनी बताए । निर्देशक उपाध्यायले अल्पाइन माविले बेला–बेलामा विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराई विभिन्न किसिमको जानकारी गराइरहेको बताए ।
भ्रमण अवलोकन कार्यक्रममा अल्पाइन माविका निर्देशक विनोद उपाध्याय, कार्यक्रम इन्चार्ज इन्जीनियर बाबुल सिंह एवं रसायन शास्त्रका शिक्षक दीपक दारूका,ं वरूणकुमार निषादलगायत सहभागी थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर