spot_img

विद्यार्थीहरुलाई औद्योगिक गतिविधिबारे स्थलगत भ्रमण

पढ्न छुटाउनुभयो ?

अल्पाइन मावि कक्षा १२ विज्ञान संकायका विद्यार्थीहरुलाई औद्योगिक भ्रमण वीरगंज, ५ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय वीरगंजमा कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले बुधवार बारा–पर्साको विभिन्न उद्योगहरुको स्थलगत भ्रमण गरी जानकारी लिएका छन् ।
बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका दुर्गा पल्प प्रालि, नेपाल शालिमार सिमेन्ट प्रालि र मारुती फर्मा प्रालिलगायत उद्योगहरुको भ्रमण गरी औद्योगिक जानकारी हासिल गरेको अल्पाइन माविका निर्देशक विनोद उपाध्यायले जानकारी गराउनुभएको छ ।
उनले अल्पाइन माविको कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुलाई औद्योगिक गतिविधिबारे स्थलगत भ्रमण गराउनुको उद्देश्य प्रत्यक्षरुपमा उनीहरुले औद्योगिक वातावरण अनुभूति गर्न सकोस् भनी बताए । निर्देशक उपाध्यायले अल्पाइन माविले बेला–बेलामा विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराई विभिन्न किसिमको जानकारी गराइरहेको बताए ।
भ्रमण अवलोकन कार्यक्रममा अल्पाइन माविका निर्देशक विनोद उपाध्याय, कार्यक्रम इन्चार्ज इन्जीनियर बाबुल सिंह एवं रसायन शास्त्रका शिक्षक दीपक दारूका,ं वरूणकुमार निषादलगायत सहभागी थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...

सम्बन्धित खबर