spot_img

पत्रकार महासंघ पर्सामा तालाबन्दी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ मंसिर । नेपाल पत्रकार महासंघ पर्सा शाखामा प्रेस चौतारी नेपाल पर्सा, प्रेस मञ्च नेपाल पर्सा र मधेसी पत्रकार समाज पर्साले मंगलवार संयुक्त रूपमा तालाबन्दी गरेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले आगामी निर्वाचनका लागि सदस्यता सूची सार्वजनिक गरेकोले सोको विरोधमा पर्सा शाखामा तालाबन्दी गरिएको प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीले बताए ।
सदस्यता विवादका विषयमा दुर्ई महिनाअघि काठमाडौंमा सम्पन्न जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले जिल्ला शाखा र प्रदेश समितिले गरेको सिफारिसको आधारमा सदस्यता विवाद टुंग्याउने निर्णय गरेको थियो ।
निर्णयलाई लत्याउंदै केन्द्रिय कार्यसमितिले जिल्ला र प्रदेश समितिले गरेको सिफारिस भन्दा बाहिरका व्यक्तिहरूलाई पत्रकार महासंघको सदस्यता दिएको सूची मंगलवार सार्वजनिक गरेको विरोधमा तालाबन्दी गरिएको भण्डारीले बताए । जुन आफुहरूलाई कदापी मान्य नभएको भन्दै उनले जिल्ला र प्रदेशको सिफारिस भन्दा बाहिरका व्याक्तिहरूलाई सदस्यबाट नहटाएसम्म पर्सामा पत्रकार महासंघको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर