spot_img

महानगरले फेरि कर्मचारी हटाउने

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ मङ्सिर/
वीरगंज महागरपालिका कार्यालयले पुनः दैनिक ज्यालादारीका कर्मचारी हटाउन सबै वडामा पत्राचार गरेको छ।
महानगरपालिकाले सार्वजनिक सूचना गर्दै वडालगायत सरोकारवाला कार्यालयले आफूखुशी ज्यालादारीमा खटाउने कर्मचारीलाई काममा नखटाउन वा डोर हाजिरी प्रमाणित नगर्न पत्राचार गरेको छ।
यसपटक दैनिक ज्यालादारीका २४५ जना कर्मचारी हटाइने प्रशासन शाखाले जनाएको छ।
महानगरका प्रमुख कार्यकारी अधिकृत अरविन्दलाल कर्णले साउनदेखि सबै ज्यालादारी कर्मचारीलाई हटाउन निर्देशन दिइसकेको बताए। अहिलेसम्म अधिकांश ज्यालादारी कर्मचारीले काम गर्दै आएका तथा वडाले डोर हाजिरी प्रमाणित गर्दै आएको उनले बताए। महानगरसँग अहिले उनीहरूलाई मासिक तलबभत्ता दिन सक्ने अवस्था नभएकोले पुनः सबै वडामा पत्राचार गरी जानकारी गराइएको अधिकृत कर्णको भनाइ छ।
यस अघि करीब ७०० ज्यालादारी कर्मचारी महानगरले हटाइसकेको छ। महानगरले अहिले आफ्नै कानून बनाइसकेको छ। कहाँ–कहाँ दैनिक ज्यालादारीका कर्मचारी राख्ने भनी कानूनमा स्पष्ट उल्लेख भएको कारण सोही अनुसार महानगर अब अगाडि बढ्ने अधिकृत कर्णले जानकारी गराए।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर