spot_img

पर्यटन सुरक्षा र प्रबद्र्धनमा पर्यटक प्रहरी, व्यवसायी र स्थानीयको भूमिका

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ मंसिर । मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लाल मणि आचार्यले भारतीय नम्बर प्लेटका सवारी साधनमा प्रहरीबाट कुनै किसिमको अबरोध नहुने बताएका छन् ।
पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको आयोजना एवं होटल तथा पर्यटन व्यवसायी संघ पर्साको सह आयोजनामा शुक्रवार साँझ सम्पन्न पर्यटन सुरक्षा र प्रबद्र्धनमा पर्यटक प्रहरी, व्यवसायी र स्थानीयको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रहरी नायब महानिरीक्षक आचार्यले पर्यटक प्रहरीलाई पर्यटकले महसुस गर्ने गरी काम गर्न पनि पर्यटक प्रहरीलाई निर्देशन दिए ।
सोही क्रममा पर्साका होटल तथा पर्यटन व्यवसायीहरूले उठएका विभिन्न प्रश्नको उत्तर दिंदै उनले प्रहरीले गलत नियतले भारतीय पर्यटक चढेको भारतीय नम्बर प्लेटका सवारी साधनहरूको चेकजाँच नगर्ने बताए ।
डिआइजी आचार्यले कहिँकसैले भारतीय पर्यटकीय सवारी साधनलाई गलत नियत राखी दुःख दिएको भेटिए तुरून्तै कार्बाही गरिने समेत बताए ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले त्यहाँ उठेका प्रश्नहरूको जबाफ दिने क्रममा आफू भर्खरै मन्त्री बनेकोले धेरै कुरा बुझ्न बाँकी रहेकोले तत्काल काम नदेखिए पनि अब मधेस प्रदेशमा पर्यटनमा ठोस काम हुने बताए ।
पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नयब उपरीक्षक रिपेन्द्र सिंहले पर्यटक प्रहरीले हालसम्म गरेका कार्य विवरण र आम पर्यटकहरूको बिषयमा निर्माण गरिएको डकुमेन्ट्रीको समेत प्रदर्शन गरेका थिए ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न अन्तक्र्रियामा पन्तले समग्र होटल तथा पर्यटन व्यवसाय क्षेत्रका आम समस्याहरू माथि प्रकाश पार्दै समाधानका लागि विभिन्न उपायहरू समेत सुझाएका थिए ।
उनले विशेष गरि प्रहरीहरूलाई होटल ब्यवसायी हरू माथी अभद्र व्यबहार नगर्न प्रहरीको माथिल्लो निकायबाटै निर्देशन दिनु पर्नेमा जोड दिएका थिए ।
पर्यटक प्रहरी कार्यालय वीरगंजका प्रमुख प्रनानि प्रराज चौलागाईंले सहजीकरण गरेका उक्त कार्यक्रममा ठोरी गाउँँ पालिका प्रमुख लाल बहादुर श्रेष्ठ, पर्सा राष्ट्रिय निकुन्जका प्रमुख रामचन्द्र खतिवडा, ओमप्रकाश शरार्पm, वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतले आआफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रममा हान मधेस प्रदेशका बरिस्ठ उपाध्यक्ष मोहन प्रधान, होटल ब्यवसायी संघ पर्साका वरिस्ठ उपाध्यक्ष बिध्यालाल प्रसाद साह, होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका बरिस्ठ उपाध्यक्ष रचेन्द्र थापा, महासचिव माधब बस्नेत सचिव सन्दीप बस्नेत, होटल व्यावसायि महासङ्ह नेपालका केन्द्रिय सदस्य हिरा श्रेष्ठ लगायतको उपस्तिथि थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...

सम्बन्धित खबर