spot_img

बैंकअगाडि ऋणीको धर्ना

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ पुस/ पोखरियामा रहेको लुम्बिनी विकास बैंकअगाडि नागरिक बचाउ अभियानका सदस्यहरूले सोमवार धर्ना तथा प्रदर्शन गरेका छन् ।
जिल्ला संयोजक राजेन्द्रबहादुर दमाईको नेतृत्वमा सयौं ऋणपीडितले नाराबाजी गर्दै धर्ना दिई दुई घण्टा सडक अवरुद्ध गरेका थिए । देशको आर्थिक अवस्था बिगँ्रदै गएको बेला ऋणीहरूलाई समयसमेत नदिई घर, जग्गा लिलाम गर्नु गलत भएको भन्दै उनीहरूले धर्ना दिएका थिए ।
लुम्बिनी विकास बैंकले वीरगंज–११ रानीघाट निवासी राजु साह सोनारको घर तथा पोखरिया नपाको बैरिया बिर्तास्थित जग्गा लिलाम गरेपछि सो अभियानले उक्त घर र जग्गा फिर्ता नगरेसम्म आन्दोलन गरिरहने जनाएको छ । संयोजक दमाईले बैंकका कर्मचारीहरूले मिलेमतो गरी गरीब, निमुखा व्यक्तिहरूको जग्गा लिलाम गरी आप्mना नातागोताका मानिसलाई दिने गरेको आरोप लगाए । उनले सोनारलगायत सयौं ऋणीका घरजग्गा लिलाम गर्न लुम्बिनी विकास बैंकले प्रक्रिया अगाडि बढाएको बताए । उनले बैंकलाई घरजग्गा लिलाम प्रक्रिया रोक्न आग्रह गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

जिप्रका, पर्साद्वारा दीपावली र छठमा पटाका नपडकाउन अनुरोध

वीरगंज, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार सूचना जारी गर्दै दिपावली, छठ पर्वको उपलक्ष्यमा घरघरमा पटका नपड्काउन,...

सम्बन्धित खबर