spot_img

औराहाको दलित परिवार न्यायको लागि भौंतारिंदै

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ पुस/ पर्साको सखुवाप्रसौनी गाउँपालिका– २ औराहाटोलका एक तुराहा परिवारलाई पर्सा प्रहरीले झूटो मुद्दामा पक्राउ गरेपछि अहिले न्यायको लागि सपरिवार वीरगंजमा भौंतारिरहेको छ ।
औराहाका सुरज तुराहालाई पर्सा प्रहरीले बोक्सीको आरोपमा थुनेको छ । उनको रिहाइको माग गर्दै उनका परिवारजन भौंतारिरहेका हुन् ।
२०८० पुस २० गते बाटोसम्बन्धी विवादमा सुरज तुराहा र प्रमोद तुराहाबीच कुटाकुट भएको थियो । प्रमोदलगायत चारजनाले सुरजलाई कुटपिट गरेको बताइन्छ । त्यसपछि प्रहरीले प्रमोदलगायत चारजनामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो ।
यो घटनाका आरोपीहरू अदालतबाट धरौटी बुझाएर साधारण तारेखमा छन् । त्यसपछि प्रमोदले राजनीतिक दबाबमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजबाट परमादेश गराइ सुरजलाई बोक्सीको आरोप लगाइ फसाएको बताइन्छ ।
प्रमोदलगायत अल्गु साह तुराहा, डिग्री साह तुराहा, मनोज तुराहा, गुड्डी देवीलगायतले सुरजलाई कुटपिट गरी बोक्सीको झूटो मुद्दामा फसाएर गत मङ्सिर २० गते कालोमोसो दली, कपाल काटेर गाउँ घुमाएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सशस्त्र प्रहरी तथा बिरगज हेल्थकेयरद्धरा निशुल्क कुर्सी बितरण

 वीरगज,३ चैत/ वीरगज हेल्थ केयरको सहयोग तथा सशस्त्र प्रहरी वल १३ नम्बर हेडक्वाटर पर्साको सयुक्त प्रयासले अपागटा भएका ४...

सम्बन्धित खबर