spot_img

पत्रकार महासङघ पर्साका निर्वाचित पदाधिकारीलार्ई प्रमाणपत्र

पढ्न छुटाउनुभयो ?

वीरगंज ३ पुस । नेपाल पत्रकार महासंघ पर्सा शाखाका निर्वाचित पदाधिकारीहरुलाई बुधवार प्रमाणपत्र वितरण गरिएको छ । गत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत शत्रुघन नेपालले प्रमाणपत्र वितरण गरेका थिए । महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, उपाध्यक्ष भूषण यादव, महिला उपाध्यक्ष निलिमा पौडेल, सचिव विजय चौहान, सहसचिव एसके चौरसिया, अजयकुमार चौरसिया, कोषाध्यक्ष सञ्जीवकुमार मिश्र, महिला सदस्य कमला भण्डारी, आदिवासी जनजाति सदस्य अजित कुमार भुजेल र मधेसी सदस्य आरोहण साह, समावेशी सदस्य प्रकाशकुमार तिवारी, खुला सदस्य तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेश झा, केन्द्रीय परिषद् सदस्य महेशचन्द्र गौतम र राघव साहलगायतलाई फूलमाला लगाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा पर्सा अध्यक्ष्F खनालले महासंघलाई थप सशक्त, सक्रिय र पत्रकारहरूको हकहितमा केन्द्रित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले महासंघ पर्सालाई नयाँ उचाइमा पुर्याउन हामी सबैजना एकजुट भएर काम गर्ने बताए । पत्रकारिताको मर्यादा र जनताको आवाजलाई सुनिश्चित गर्दै अगाडि बढ्नु नै हाम्रो जिम्मेवारी रहेको बताए । युवराज खडकाको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता हरेराम सर्राफ, केन्द्रीय पर्यवेक्षक दीपेन्द्र चौहान, अशोक तिवारीलगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन राजेन्द्र सिंहले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...

सम्बन्धित खबर